क्याम्पसको शैक्षिक, प्रशासनिक, भौतिक, आर्थिक लगायत समग्र पक्षको गुणस्तर सुधार र विकासका लागि आवश्यक विभिन्न समितिहरुको पुर्नगठन सम्वन्धमा गरिएको निर्णय अनुसार तपसिल वमोजिमका समितिहरु निर्माण गरियो ।


1- IQAC (Internl Quality Assurance Committee)

(१) श्री क्याम्पस प्रमुख – संयोजक
(२) श्री खगराज पन्त – सदस्य
(३) श्री ध्रुव कुमार अधिकारी – सदस्य
(४) श्री शिशिर कुमार शर्मा – सदस्य
(५) श्री तोया नाथ पहाडी – सदस्य
(६) श्री अध्यक्ष, कोहलपुर उद्योग वाणिज्य संघ – पदेन सदस्य
(७) श्री नविन किशोर रत्न – सदस्य सचिव

2-SAT Committee

(१) श्री नविन किशो रत्न – संयोजक
(२) श्री तोया नाथ पहाडी – सदस्य
(३) श्री ज्ञानेन्द्र शाही – सदस्य
(४) श्री एकराज शर्मा – सदस्य
(५) श्री प्रमोद सुवेदी – सदस्य
(६) श्री शिव प्रसाद रेग्मी – सदस्य

3-Academic Audit Committee

(१) श्री टेकेन्द्र कुमार महतरा – संयोजक
(२) श्री ज्ञानेन्द्र शाही – सदस्य
(३) श्री खोपीराम वली क्षेत्री – सदस्य
(४) श्री प्रमोद सुवेदी – सदस्य
(५) श्री एकराज शर्मा – सदस्य

यस समितिका काम, कर्तव्य र अधिकारहरु
1. सम्बन्धित विषयगत विभाग र EMIS इकाईसँग समन्वय गरी विद्यार्थी भर्ना, कक्षा उपस्थिति, परीक्षामा उपस्थिति, अनुपस्थिति र उत्तीर्ण एवम् अनुत्तीर्ण हुनेहरुको विस्तृत विवरण सहित सम्पूर्ण शैक्षिक स्थितिको अध्ययन विश्लेषण गरी तोकिएकोे ढाँचामा अभिलेख राख्ने ।
2. विद्यार्थीहरुको शैक्षिक उपलब्धिको निरन्तर लेखाजोखा गरी सुधारको योजना बनाई कार्यान्वयन गर्न अन्य समितिहरु एवं सम्बन्धित विषयगत विभागहरुसँग समन्वय गर्ने ।
3. भर्ना भएका विद्यार्थीहरुको विषयगत ज्ञानको पूर्वपरीक्षण र समग्र कार्यसम्पादनको लेखाजोखा गर्ने व्यवस्था गरी प्रत्येक विद्यार्थीहरुको विस्तृत व्यक्तिगत विवरण फाइल तयार गरी राख्ने ।
4. शैक्षिक स्थिति सम्बन्धी उपरोक्त सूचना सम्पूर्ण सरोकारवालाहरुलाई जानकारी हुनेगरी सार्वजनिक गर्ने ।
5. शैक्षिक तथ्याङ्कहरुको अध्ययन तथा लेखाजोखा कार्यमा सरोकारवालाहरुलाई सहभागी गराउने ।
6. शैक्षिक सूचना सार्वजनिक गरे पश्चात् सुझाव तथा पृष्ठपोषण प्राप्त गर्ने संयन्त्र सुनिश्चित गर्ने ।
7. शैक्षिक सूचना सार्वजनिक गरिए पश्चात् त्यसले क्याम्पसको नीति निर्माणमा पारेको प्रभाव लेखाजोखा गर्र्ने ।
8. प्रत्येक परीक्षाको नतिजा प्रकाशित भए पश्चात् त्यसको विश्लेषण गरी तोकिएकोे ढाँचामा अभिलेख राख्ने र सार्वजनिक गर्ने ।
9. शैक्षिक स्थितिको विश्लेषण गरी सत्रान्त परीक्षाको नतिजा प्रकाशित भएको एक महिनाभित्र नियमित रुपमा सुझाव सहित विस्तृत प्रतिवेदन IQAC मा पेश गर्ने ।
10. शैक्षिक लेखापरीक्षणको नतिजाको विश्लेषणका आधारमा शैक्षिक कार्यतालिका निर्माण, पाठ्यक्रमको कार्यान्वयन, शिक्षणमा शैक्षणिक प्रविधि एवं दैनिक शैक्षणिक योजना (Daily Log Book) को प्रयोग लगायतका शैक्षिक गुणस्तर सुधारका लागि उपयुक्त सुझावहरु IQAC मार्फत् क्याम्पस प्रमुख समक्ष पेश गर्ने ।
11. यस समितिले सञ्चालन गर्ने गतिविधिहरुकोे आवधिक एवं वार्षिक कार्ययोजना बनाई IQAC बाट स्वीकृत भएबमोजिम कार्यान्वयन गर्ने ।
12. IQAC एवं क्याम्पस प्रमुखले तोकेबमोजिमका अन्य कार्यहरु गर्ने ।

4-External Co-ordination and Extension Programme Committee

(१) श्री शिशिर कुमार शर्मा – संयोजक
(२) श्री पुष्करनाथ रिजाल – सदस्य
(३) श्री एकराज शर्मा – सदस्य
(४) श्री प्रमोद सुवेदी – सदस्य

यस समितिका काम, कर्तव्य र अधिकारहरु
1. शिक्षण र अनुसन्धानका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा विभिन्न विश्वविद्यालय, क्याम्पस, संघसंस्था तथा विज्ञहरुसँग सम्पर्क र सम्बन्ध विस्तार गर्ने ।
2. क्याम्पसको शैक्षणिक गतिविधिलाई प्रभावकारी बनाउन, गुणस्तर सुधार गर्न र आर्थिक, मानवीय तथा भौतिक स्रोत परिचालन गर्न स्थानीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्था र व्यक्तिहरुसँग सम्बन्ध विस्तार समन्वय गर्ने ।
3. विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्था तथा क्षेत्रसँग समन्वय गरी स्थानीय समुदायमा क्याम्पसको अगुवाइमा चेतना अभिबृद्धि, सरसफाइ, खेलकुद, सामाजिक विकास, उद्धार, तालिम लगायतका गतिविधिहरु सञ्चालन गर्ने ।
4. स्थानीय सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले सञ्चालन गर्ने शैक्षिक, सामाजिक विकास लगायतका गतिविधिहरुमा सहभागिता जनाउने ।
5. विस्तारित कार्यक्रमका लागि शिक्षक, कर्मचारी र विद्यार्थीहरुलाई समावेश गरी स्वयम्सेवी संघ गठन गर्ने ।
6. विस्तारित कार्यक्रममा सक्रिय योगदान गर्ने स्वयम्सेवीहरुलाई सार्वजनिक सम्मान साथ पुरस्कृत गर्ने ।
7. विभिन्न संकाय तथा विभागहरुसँग समन्वय गरी प्रत्येक संकाय तथा विभागले बर्षमा कम्तिमा एउटा विस्तारित कार्यक्रम सञ्चालन गर्नका लागि व्यवस्था मिलाउने ।
8. स्थानीय समुदायका युवा, शिक्षक, उद्यमी, पेशाकर्मी लगायतलाई आवश्यकता अनुसार सीप विकास एवं क्षमता अभिवृद्धि तालिम एवं अन्य आवश्यक शैक्षिक कार्यक्रम तयार गरी सञ्चालन गर्ने ।
9. विस्तारित कार्यक्रम Focal Person नियुक्तीका लागि IQAC मार्फत क्याम्पस प्रमखुलाई अनुरोध गर्ने ।
10. यस समितिले सञ्चालन गर्ने गतिविधिहरुकोे आवधिक एवं वार्षिक कार्ययोजना बनाई IQAC बाट स्वीकृत भएबमोजिम कार्यान्वयन गर्ने ।
11. IQAC एवं क्याम्पस प्रमुखले तोकेबमोजिमका अन्य कार्यहरु गर्ने ।

5-Health, Sanitation, Sports and External Activities Committee

(१) श्री ज्ञानेन्द्र शाही – संयोजक
(२) श्री ललित प्रकाश चन्द – सदस्य
(३) श्री अनुप शाही – सदस्य
(४) श्री विनोद अधिकारी – सदस्य

यस समितिका काम, कर्तव्य र अधिकारहरु
1. क्याम्पसलाई सुन्दर, मैत्रीपूर्ण र प्रदुषणमूक्त बनाउनको लागि वर्तमान स्थितिको लेखाजोखा गरी समसामयिक सुधारका लागि योजना बनाई IQAC बाट स्वीकृत गराई कार्यान्वयन गर्ने ।
2. क्याम्पसको सरसफाइको स्थिति नियमित रुपमा अनुगमन गरी क्याम्पस प्रशासनसँगको समन्वयमा सुधारका लागि आवश्यक पहल गर्ने ।
3. विद्यार्थीहरुको नियमित शैक्षिक उपलब्धिलाई प्रभावकारी बनाउन मद्धत पुर्याउने गरी क्याम्पसभित्र स्वास्थ्य सेवा, खेलकुद तथा अन्य अतिरिक्त कृयाकलापहरु उनीहरुकै सक्रिय सहभागितामा सञ्चालन गर्ने ।
4. विद्यार्थीहरुको चौतर्फी व्यक्तित्व विकासका लागि उपयुक्त कार्यक्रमको योजना तयार गरी IQAC बाट स्वीकृत गराई कार्यान्वयन गर्ने ।
5. क्याम्पसका शिक्षक, कर्मचारी र विद्यार्थीहरुको नियमित स्वास्थ्य परीक्षण, प्राथमिक उपचार र रोग तथा दुर्घटनाहरुको रोकथाम र प्रेषण लगायतका उपयुक्त स्वास्थ्य कार्यक्रमहरुको योजना बनाई IQAC बाट स्वीकृत गराई कार्यान्वयन गर्ने ।
6. प्राथमिक उपचार कक्ष, विश्राम कक्ष र विद्यार्थीहरुका लागि पोशाक परिवर्तन कक्षको स्थापना र व्यवस्थित सञ्चालनका लागि पहल गर्ने ।
7. शारीरिक शिक्षा तथा खेलकुदका लागि आवश्यक पूर्वाधार र कार्यक्रमको योजना बनाई IQAC बाट स्वीकृत गराई कार्यान्वयन गर्ने ।
8. क्याम्पसमा भर्ना हुन आएका उत्कृष्ट खेलाडीहरुको पहिचान गरी आवश्यक प्रोत्साहनको व्यवस्था गर्न सुझाव सहित क्याम्पस प्रमुखलाई सिफारिस गर्ने ।
9. स्थानीय, क्षेत्रीय, राष्ट्रिय, विश्वविद्यालयस्तरीय तथा अन्तराष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिताका लागि अध्ययनरत विद्यार्थीहरुबाट खेलाडी छनौट गरी पठाउनका लागि क्याम्पस प्रमुख समक्ष सिफारिस गर्ने ।
10. नियमित रुपमा क्याम्पसभित्र अन्तरसंकाय, तहगत तथा विभागगत खुल्ला खेलकुद, हाजिरीजवाफ, वक्तृत्वकला, निबन्धलेखन, लगायतका अतिरिक्त क्रियाकलापहरुको योजना IQAC बाट स्वीकृत गराई कार्यान्वयन गर्ने ।
11. परामर्शदातृ, तालिम तथा रोजगार प्रवद्र्धन समितिसँग समन्वय गरी विद्यार्थीहरुमा सकारात्मक सोच, व्यक्तित्व विकास तथा उद्यमशिलता विकास लगायतका कार्यक्रमहरु IQAC बाट स्वीकृत गराई सञ्चालन गर्ने ।
12. यस समितिले सञ्चालन गर्ने गतिविधिहरुकोे आवधिक एवं वार्षिक कार्ययोजना बनाई IQAC बाट स्वीकृत भएबमोजिम कार्यान्वयन गर्ने ।
13. IQAC एवं क्याम्पस प्रमुखले तोकेबमोजिमका अन्य कार्यहरु गर्ने ।

6-Consultancy,  Training and Employment Promotion Committee

(१) श्री राज कुमार चन्द – संयोजक
(२) श्री सुशील कुमार अधिकारी – सदस्य
(३) श्री खोपीराम वली क्षेत्री – सदस्य

यस समितिका काम, कर्तव्य र अधिकारहरु
1. क्याम्पसमा कार्यरत विभिन्न विधाका विज्ञहरुको सूची तयार पारी स्थानीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा परामर्शदातृ सेवा उपलब्ध गराउने ।
2. विभिन्न संकायमा प्राध्यापनरत शिक्षकहरु र कर्मचारीहरुलाई दक्षता अभिबृद्धिका लागि कार्यशाला गोष्ठी, पुनर्ताजगी तालिम, प्रशिक्षण लगायतका कार्यक्रमहरु सञ्चालन गर्ने ।
3. नियमित पाठ्यक्रमहरु बाहेक विद्यार्थीहरुका लागि बिशेष थप कार्यक्रमहरुको पाठ्यक्रम तथा योजना निर्माण गरी शिक्षण प्रशिक्षणको व्यवस्था मिलाउने ।
4. भर्नाका समयमा तथा भर्ना पश्चात् Bridge Course and Semester End परीक्षा अघि कमजोर विद्यार्थीहरुका लागि परीक्षा तयारी कक्षा (Remedial class) सञ्चालन गर्ने व्यवस्था मिलाउने ।
5. क्याम्पसमा अध्ययनरत तथा अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई विभिन्न पेशा, व्यवसाय, स्व–रोजगार तथा उद्यमशिलताका लागि आवश्यक परामर्श र तालिमको योजना स्वीकृत गराई सञ्चालन गर्ने ।
6. पेशागत परामर्शका लागि रोजगार सहयोग तथा परामर्श Focal Person नियुक्ती गर्न IQAC मार्फत् क्याम्पस प्रमुखलाई अनुरोध गर्ने ।
7. शैक्षिक तथा व्यक्तिगत परामर्शका लागि शिक्षक तथा कर्मचारीहरुको सूची तयार गरी संलग्न गराउन पहल गर्ने ।
8. पेशागत परामर्श बाहेक विद्यार्थीहरुलाई भर्नापूर्व तथा भर्ना भैसकेपछि मध्यावधि तथा सत्रान्त परीक्षाको नतिजा प्रकाशित पश्चात् परामर्शको योजना बनाई कार्यान्वयन गर्ने ।
9. अत्यन्त कमजोर तथा अनुत्तीर्ण विद्यार्थीहरुका लागि परीक्षा तयारी तथा तनाव व्यवस्थापनका लागि परामर्शको कार्यक्रम बनाई कार्यान्वयन गर्ने ।
10. क्याम्पसभित्र सबै विद्यार्थिहरुले सजिलै थाहा पाउने स्थानमा एउटा व्यवस्थित परामर्श कक्ष स्थापना र सञ्चालन गर्ने ।
11. क्याम्पसबाट विभिन्न तहको अध्ययन पूरा गरी सकेका तथा अध्ययनरत विभिन्न पेशा, व्यवसायमा संलग्न भएका विद्यार्थीहरुको वार्षिक रुपमा Tracing गरी विस्तृत विवरण सङ्कलन गरी तोकिएको ढाँचामा अभिलेख राख्ने ।
12. विद्यार्थीहरुलाई स्व–रोजगारका लागि उत्प्रेरित गर्न उत्प्रेरणा तालिम, सीप तालिम तथा परामर्श कक्षाहरु सञ्चालन गर्ने ।
13. रोजगार सूचना बोर्ड स्थापना गरी विभिन्न रोजगार दातृ निकायबाट निकालिएका सूचना सार्वजनिक गर्ने ।
14. विभिन्न सेवा आयोगका विज्ञापन तथा रोजगार सम्बन्धि सूचनाहरु सार्वजनिक सूचना पाटीमा टाँस गरी विद्यार्थीहरुलाई समयमै जानकारी गराउने व्यवस्था मिलाउने ।
15. यस समितिले सञ्चालन गर्ने गतिविधिहरुकोे आवधिक एवं वार्षिक कार्ययोजना बनाई IQAC बाट स्वीकृत भएबमोजिम कार्यान्वयन गर्ने ।
16. IQAC एवं क्याम्पस प्रमुखले तोकेबमोजिमका अन्य कार्यहरु गर्ने ।

7-Student Mobilization Committee

8-Information– Communication Technology and Public Information Committee

9-Code of Conduct Monitoring Committee

10-Student Admission Promotion Committee

11-Internal Examination Management Committee

12-Research Management Cell

13-Research Management Cell

14-Scholarship Committee

15-Financial and Administrative Planning, and Consultancy Committee

16-Educational Management and Information System Unit: EMIS Unit